
टुडे एक्सप्रेस । जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले चिसोका कारण हुन सक्ने क्षती रोक्न पाँच निर्णय गरेको छ । धनुषासंगै देशभरी बढेको चिसोका कारण जिल्लामा कुनै प्रकारको क्षती हुन नदिन पूर्व तयारी स्वरुप बुधबार जिल्ला विपद् व्यवस्थापन समितिले पाँच वटा निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ स्वीकृतसंगै कार्यान्वयनका लागि सबै निकायलाई पत्राचार गरिने छ । शितलहरका कारण समस्यामा परेका जोखिमयुक्त व्यक्तिलाई स्वेच्छाले विभिन्न समूह, संस्था र व्यक्तिले राहत सामग्री वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सहमति, सम्बन्धित स्थानीय तहसँगको समन्वयमा गर्न आग्रह गरेका छन् । शितलहरबाट बढी प्रभावित हुने र तातो कपडा एवं खाद्यान्नको अभाव रहेका वर्गको विवरण उपलब्ध गराउन जिल्लाका स्थानीय तहलाइ अनुरोध गरको े छ ।
चिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !!