
श्रीकान्त झा । जनकपुरधाम । आत्महत्या गर्न लागेका महिलालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वाडा नम्वर १२ नैनीमा एक जना महिलाले आफनै श्रीमानले पटक पटक यातना दिएको भन्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
वेर्डर आउट पोष्ट जलेश्वरका सशस्त्र प्रहरी निरीक्षक बृख वहादुर शाहीले दिएको जानकारी अनुसार महोत्तरीको जलेश्वर नगरपालिका १२ नैनी निवासी २८ वर्षीय मझर अन्सारीले आफनै श्रीमती २५ वर्षीय नुरिया खातुनलाई पटक–पटक कुटपिट गर्ने, जथाभावि गाली गर्ने जस्ता हिंसात्मक गतिविधि गरिरहेको रिसमा आत्महत्याको प्रयास गरेकी थिइन् ।
सशस्त्र प्रहरी निरिक्षक शाहीले भने बुधवार पुनः श्रीमान श्रीमतीबीच झगडा पररे मझर अन्सारी भारततर्फ गए । उनकी श्रीमती नुरिया खातुनले आफनै घरको पंखामा सलको सहयताले झुण्डी रहेको अवस्थामा स्थानीयहरूले देखे लगतै सशस्त्र प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गर लगतै सशस्त्र प्रहरी निरिक्षक शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त महिलालाई उद्धार गरेको थियो । महिलाको घाँटीमा सलको रातो डाम बसेको छ । तथापि महिलाको जीवितै उद्धार गर्न सशस्त्र प्रहरी सफल भयो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तपाईको प्रतिक्रिया !!