
काठमाण्डौ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाल उपस्थित हुनुहुन्थ्यो । आइतबारदेखि माइतीघर मण्डलामा उखुको पाउन बाँकी भुक्तानी माग्दै किसानहरू धर्नामा छन् । आज तेस्रो दिनपनि उखु किसानको आन्दोलन जारी छ ।
तपाईको प्रतिक्रिया !!