Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रर्दशन


सरकारविरुद्ध कांग्रेसको शक्ति प्रर्दशन


टुडे एक्सप्रेस । जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारका गलत क्रियाकलाप विरुद्धमा शक्ति प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले शक्ति प्रदर्शन गरेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले मकवानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सरकारकै कारण राजावादीहरू सडकमा आएको आरोप लगाएका छन्। प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेको स्मरण गर्दै देउवाले ‘राजा आऊ, देश बचाउ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो ? भन्दै प्रश्न समेत गरे। उनले भने, ‘राजाले त्यसबेला थुने। जेलमा राखे। अहिले राजा आऊ, देश बचाऊ भन्ने ? राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो। तर, राजाहरूले प्रजातन्त्रलाई देखिसहेनन्।

त्यसैले अब राजा आउने भ्रम नराख्नू।’ सभापति देउवाले सडक जाम गररे विरोध सभा गर्नु परेकोे मा माफी मागेका छन्। उनले भने, ‘सडकमा प्रदर्शन गर्न ओली सरकारले बाध्य बनाएको हो। हामी सडकमा रहरले आएका होइनौं । जाम भएकोमा माफी चाहन्छौं ।’ यता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचार, कमिसन र अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारको विरोधमा कांग्रेसले काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले भ्रष्टचारको कथाहरू भनेर साध्य नहुने दाबी गरे। उनले भने, ‘ ओली सरकार कति भ्रष्टाचारी हो ? यसका बारेमा मैले भन्नै पर्दैन, उनकै पार्टीको सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो,भ्रष्टाचारी हो।’ पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारबाहीमाथि पनि प्रश्न गरेका छन्।

अख्तियार प्रधानमन्त्री केपी शर्मा ओलीको इसारामा चलेको र जोगाउने बचाउने अड्डा बनेको पौडेलले आरोप लगाए । भने, ‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयम अगाडि सररे यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन्। यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन्। सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सर्वसत्तावादी कम्युनिस्ट र प्रतिगामीतत्व र हिजोकै माओवादीको भद्दा नक्कल गर्ने विप्लवले प्रहार गर्दैछन् ।

उनीहरू सबै प्रतिक्रियावादी, प्रतिगामी हुन्।’ काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित रत्नपार्कस्थित शान्तिबाटिका पुगेर विरोध सभामा परिणत भएको कार्यक्रममा कांग्रेस नेता नविन्द्रराज जोशी, डा. डिला संग्रौला, भिमसेन दास प्रधान,राजेन्द्र केसीलगायतका नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए । त्यस्तै आसन्न १४औं महाधिवेशनका लागि सभापति पदका दाबेदार मानिएका कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेर भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको आरोप लगाएका छन्। कांग्रेसले भक्तपुरको सूर्यविनायकमा आयोजना गरको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

निधीले भने, ‘आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुट्ठा मुद्दा लगाउदैंछ । (नेकपा) को समर्थक वा कार्यकर्तालाई जस्तोसुकै अपराध गरेपनि छुट दिने र कांग्रेस समर्थकलाई भने झुटा मुद्दा लगाउने ? भ्रष्टचारीलाई आफ्नै घरमा राखेर प्रधानमन्त्री ओलीले सम्मान गरिरहनु भएको छ । अख्तियार, अदालत र सतर्कता केन्द्र आफै हुँ जस्तो गरिरहनु भएको छ । यस्तो स्वेच्छाचारीताको विरुद्धमा कांग्रेस सडकमा आएको हो।’ त्यस्तै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई बाघको संज्ञा दिएका छन्। साथै उनले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न नेकपा सरकारलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर