
रौतहट । रौतहटका विभिन्न स्थानीय तहमा मापदण्ड विपरित सञ्चालन गरेका ८ ओटा क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले निर्देशन दिएको छ । अबैध रुपमा ति क्रसर उद्योगहरु सञ्चालन गर्दै आएको अनुगमन समितिले जनाएको थियो । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमति नै नलिइ चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको हो । जिल्ला विपद व्यवस्थापन समिति रौतहटको बैठकले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो ।
बैठकअघि समितिले क्रसरहरूको स्थलगत अनुगमन गरेको थियो । सोही अनुसार वृन्दावन नगरपालिका–८ स्थित श्रीराम जानकी क्रसर उद्योग, फतुवा विजयपुर नगरपालिका–८ को सुमुख क्रसर उद्योग, गरुडा नगरपालिका–५ स्थित शिवशंकर क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । नियम विपरीत निर्बाध रूपमा क्रसरहरू सञ्चालन रहेको भन्ने सूचना आएपछि आफुले अनुगमन टोली बनाएको र दर्ताबिना स्थानीय तहको अनुमति बेगर सञ्चालन गरिएको पाइएकाले ति ८ ओटा क्रसर बन्द गर्न पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिाकरी इन्द्रदेव यादवले बताउनु भयो ।
प्रजिअ यादवका अनुसार वृन्दावन नगरपालिका–१ मा रहेको संकटमोचन वासिङ उद्योग, शिवम बालुवा वासिङ उद्योग, चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग, गुजरा नगरपालिकास्थित रमन सगरमाथा जेभी र फतुवा–विजयपुरको श्रेष्ठ ढुकुछु मृत सञ्जीवनी जेभी क्रसर उद्योग बन्द गर्ने निर्णय भएको बताउनु भयो । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!