Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जानकी मातासँग मन्त्री भट्टराईको प्रार्थना कुनै दलभित्र विग्रह नहोस


जानकी मातासँग मन्त्री भट्टराईको प्रार्थना कुनै दलभित्र विग्रह नहोस


सन्तोष यादव । टुडे एक्सप्रेस । मंसिर २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै दलभित्र विग्रह नहोस् भन्दै जानकी मातासँग प्रार्थना गरेका छन् । जनकपुर विमानस्थलको नवनिर्मित भवनको मंगलवार भएको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टराईले भने, ‘नेपालकै पवित्र तीर्थस्थलबाट हामी संकल्प गरौं– यो व्यवस्था ल्याउन संघर्षको अग्रभागमा उएिका कुनै पनि राजनीतिक दलभित्र विग्रह नहोस् ।’ यतिबेला उनी नेता रहेका नेकपाभित्र चरम विवाद देखिएको छ । पार्टी फुट्ने सम्भावना पनि औंल्याइंदै छ । उनले आफ्नै पार्टीलाई लक्षित गर्दै भने, ‘दलहरूको विभाजन नहोस्। दलहरूको एकता अझै सुदृढ बनोस्। अनेक दलहरूको बीचमा पनि सहकार्य र सम्बन्ध अझै प्रगाढ बन्दै अगाडि बढोस्।


अहिले हाम्रो सरकारको उद्देश्य पनि त्यही छ ।’ ‘२५० वर्ष पुरानो शाहवंशीय शासणलाई अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौ ं’, उनले भने, ‘अहिलेको अवस्थामा पुनः पुराना कतिपय घटनाहरू हाम्रो मानसपटलमा आइरहेका छन्। पुनरावृत्ति हुने हो कि भन्ने खतरा छ ।’ सम्भावित खतरालाई टार्न सबै दलबीच सहकार्य जरुरी भएको उनको भनाई थियो । प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले संविधानले दिएको अधिकारमा समेत हस्तक्षेप गररे संघीय सरकारले प्रदेश सरकारलाई मुद्दा लड्न बाध्य पारेकोे गुनासो गरेका थिए । सो सन्दर्भमा मन्त्री भट्टराईले छलफल र समन्वयबाट समस्या समाधानगर्ने प्रतिवद्धता जनाए । प्रदेश २ सरकारसँग संघीय सरकारको सम्बन्ध घनिष्ट रहेको दावी समेत गरे।

जनकपुर–दिल्ली उडान सुरु गर्न आग्रह

उद्घाटन समारोहमा बोल्दै जसपा नेता राजेन्द्र महतोले पर्यटन विकासका लागि जनकपुरदेखि दिल्ली उडान सुरु गर्न मन्त्री भट्टराईसँग आग्रह गरे। उनले भने, ‘भारतको विहार, उत्तर प्रदेश र दिल्लीबाट बर्षेनी ठूलो संख्यामा पर्यटक आउँछन्। यो कुरालाई मध्यनजर राख्दै जनकपुरदेखि पटना र दिल्ली उडान तत्कालै सुरु गर्नुप¥यो।’ उनले जनकपुरदेखि पोखरा पनि उडान सुरु गर्न माग गरे। नेता महतोको मागमा प्रदेश मन्त्री रामनरेश राय, जनकपुरधामका मेयर लालकिशोर साह र नेकपाकी साँसद जुली महतोले पनि समर्थन जनाए्। उनीहरूले हालसम्म विमानस्थलको नाम ‘जनकपुर एयरपोर्ट’ रहेकाले सच्याएर ‘जनकपुरधाम एयरपोर्ट’ नामाकरण गर्न समेत सुझाए । मन्त्री भट्टराईले विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्ने कुरामा आफु सकारात्मक रहेको बताए । अहिले १३ सय मिटरको रनवे रहेकालाई १६ सय गर्न‘पर्ने पनि उनले बताए । उनले भने, ‘स्थानीय र प्रदेश सरकारले रनवेका लागि जग्गा उपलब्ध गराउनुपर्यो। संघीय सरकारले रनवे विस्तार गरिदिन्छ ।’ उनले विमानस्थलमा स्थानीय र प्रदेश सरकारको समेत अपनत्व हुनुपर्ने धारणा राखे। एयरपोर्टको नयाँ नामाकरण विषयमा उनले भने प्रदेश मन्त्री राय र जनकपुरधामका मेयर साहलाई एउटा चिट्ठी लेखेर पठाउन सुझाए । उनले भने, ‘चिट्ठी पठाएपछि सरकारले ‘जनकपुरधाम एयरपोर्ट’नामाकरण गर्ने विश्वास दिलाउन चाहन्छु। यसमा कुनै आपत्ति छैन ।’
विभिन्न कारणवस आठ वर्षपछि तयार भएको नयाँ टर्मिनल भवन सुविधासम्पन्न रहेको छ । यहाँ १६ सय यात्रुको क्षमता छ । यसमा स्तनपान र धुम्रपान गर्ने कक्ष पनि छुट्याइएको छ । करिब ३५ वटा सिसि क्यामेरा समेत जडान गरिएको छ । अब करिब हजारौं सवारी साधन पार्किङ गर्दा समेत समस्या नहुने बताइएको छ ।

नाका खोल्न आग्रह

प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रायले कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको भारतीय सीमा नाका संचालनमा ल्याउन समेत माग गरेका छन् । उनले मन्त्री भट्टराईसँग नाका खुलाउन पहल गरिदिन आग्रह समेत गरे। मन्त्री रायले भने, ‘सर्लाहीमा सबै दलका नेताहरू सीमा खोल्नुपर्ने माग राखेर धर्ना बसेका छन्। त्यहाँ नेकपाको झण्डा पनि हेरँे। अन्य दलको झण्डा पनि राखेर नेता कार्यकर्ता धर्नामा छन्। त्यसैले सीमा नखोले आन्दोलनले अर्कै रुप लिन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण होस्।’

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

1 week ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

1 week ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

1 week ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

1 week ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर