
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका ७ सय २३ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् भने १ हजार ५ सय ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५ सय ४७ सक्रिय सङ्क्रमित छन् ।
तपाईको प्रतिक्रिया !!