
सिरहा । जिल्ला अदालत सिरहाबाट विभिनन् समयमा फैंसला भएका एक हजार ६५८ मुद्दामा सजाय पाएका एक हजार ७३३ जना हालसम्म पक्राउ पर्न सकेका छैन । उनीहरूसँग १२ करोड १७ लाख ४७ हजार २७८ रुपैयाँ जरीवाना समेत असुल गर्न बाँकी रहेको जिल्ला अदालत सिरहाका तहसिलदार सीताराम खड्काले जानकारी दिए ।
जिल्ला अदालत सिरहाले प्रहरी प्रशासनसँगको समन्वयमा त्यस्ता फरार प्रतिवादीहरू पक्राउ गर्ने प्रकृया गरिरहेको भएपनि अझै १ हजार ७ सय ३३ जना फरार छन् । उनीहरूले एक हजार ८ सय १० वर्ष कैद भुक्तानी बाँकी रहेको पनि तहसिलदार खड्काले जनाए । उनले जिल्ला अदालत सिरहाको १९९२ साल देखिको लगतको आधारमा यो संख्या देखिएको पनि जनाए ।
उनले यो वैज्ञानिक ढंगले अध्यावधी गर्नुपर्ने बेला भएको पनि सुनाए । फरारको सूचि लामो देखिएपनि यो लामो समय अन्तरालको भएको पनि सुनाए ।
तपाईको प्रतिक्रिया !!