
टुडे एक्सप्रेस । जनकपुरधाम । रंगभुमी मैदान बाह्र विघामा जारी जनकपुरधाम टी–२० प्रतियोगितामा उमगाउ ८ विकेटले विजय भएको छ । सोमबार भएको खेलमा धमौरा टिमलाई हराउँदै उमगाउ टीम विजय भए । टस पराजित भएर पहिला ब्यटिङ गरका धमौराले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ४६ रनको लक्ष्य उमगाउ समक्ष प्रस्तुत गरे । धमोराको तर्फबाट ब्याटिङ गर्दै झन्जिर आलमले सार्वधिक पाँच चौका, तीन छक्का प्रहार गरी ४३ बलमा ५२ रन बनाए ।
मनिष कापरले २३ बलमा ४४ रन नटआउट, अमजद नदाफले ९ बलमा १७ रन र राजेश रञ्जनले १५ बलमा १६ रनको योगदान दिए । उमगाउको तर्फबाट बलिङ गर्दै सरोज यादवले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने प्रमोद यादवले ४ ओभरमा मात्र ७ रन खर्चेर १ लिएको आयोजक संस्थाले जनाए । उमगाउकै तर्फबाट निशु झा, दिब्यंश र रिपुञ्जय मिश्राले समान १÷१ विकेट लिए । एक सय ४७ रनको लक्ष्य पाएका उमगाउले जवाफी ब्याटिङ गर्दै १५ ओभर ४ बलमा २ विकेट गमाएर लक्ष्य प्राप्त गरे। उमगाउको तर्फबाट ब्यटिङ गर्दै हर्शराज पुरुले सार्वधिक ६ चौका र तीन छका प्रहार गर्दै ५२ बलमा ६५ रन बनाए । सरोज यादवले १७ बलमा २६ र संजय यादवले १९ बलमा ३१ रन नटआउट बनाए ।
धमौराको तर्फबाट बलिङ गर्दै सुवाश चन्द्रा र मनिष कापरले समान १÷१ विकेट लिए । खेलको म्यान अफ द म्याच उमगाउको तर्फबाट हर्शराज पुरी घोषित भए ।
तपाईको प्रतिक्रिया !!