Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

हिउँदमा खेतबारी बाँझो रहने चिन्ता


हिउँदमा खेतबारी बाँझो रहने चिन्ता

?????????????????????????????????????????????????????????


टुडे एक्सप्रेस । महोत्तरी । महोत्तरी प्रत्येक वर्षजसो हिउँद लाग्यो कि महोत्तरीका किसानलाई उखुबाली समयमा व्यवस्थापन गर्न नसकेर खेतबारी बाँझो रहने चिन्ताले सताउन थाल्छ । उखु समयमा कटान गररे हिउँदे बाली लगाउनुपर्ने समयमा त्यसको व्यवस्थापन हुन नसक्दा किसानलाई अघिल्लो बाली लाउन नपाइने चिन्ताले पिरोल्ने गरकोे हो । एकपटक लगाएर दुई बाली लिन पाइने उखुको दोस्रो वर्षको उत्पादन मङ्सिर तेस्रो साताभित्र व्यवस्थापन गर्नसके अघिल्लो बाली लगाउन सहज हुने किसान बताउँछन् । पहिलो वर्षको ‘मुडन’ भनिने उखुबाली काट्न अलि ढिलै भए पनि ‘खुट्टी’ भनिने दोस्रो वर्षको चाँडै कटान व्यवस्थापन हुन नसक्दा समयमा अर्को बाली लगाउन नपाएर खेतबारी बाँझो बस्ने गरको यहाँका किसानको आम गुनासो छ ।

हिउँदमा लगाइने गहुँ, चना र अन्य दलहन बाली मङ्सिरभित्रै लगाइसक्दा राम्रो उत्पादन लिन सकिने भए पनि खुट्टी उखु चाँडै कटान गर्न नपाइँदा अघिल्लो बाली छुट्ने गरको किसान बताउँछन् । ‘गहुँ, चना, अन्य चैते हिउँदेबाली) र तरकारीबाली मङ्सिरभित्र लगाइसक्नुपर्छ’, भाङ्गाहा–४ प्रेमनगरका किसान जवाहर महतो भन्छन्, ‘तर उखुको मूल्य निर्धारण,उखु कटानको चलान र क्रसिङका समयतालिका कहिल्यै नबन्दा हामी किसान मारमा परका छौँ ।’ कृषि, उद्योग मन्त्रालय, चिनी उद्योग र किसानसम्बद्ध सङ्घसंस्थाले निश्चित तालिकामा मूल्य निर्धारण गरी सकिने र उखु कटान व्यवस्थापनको चाँजो नमिलाउँदा बर्सेनी खुट्टी उखु भएका खेतबारी चार÷पाँच महिना बाँझो बस्ने गरेको महतोसहितका किसानको दुखेसो छ । ‘हेर्नोस्, मङ्सिर मध्य भइसक्दासम्म उखुबारे केही चालचुल नै छैन, न मूल्य निर्धारण न कटान चलानको चर्चा’, बर्दिबास नगरपालिका १३ का किसान बेचन शेष भन्छन्, ‘ढिलोमा पुस मध्यभित्र गहुँ र वैशाखी तरकारी लगाउन नपाइए त खुट्टी उखु भएका खेतबारी वैशाख÷जेठसम्म बाँझै बस्ने भयो ।’ बर्सेनी भोगी रहेको यो चिन्ताबाट छुटकारा पाइने आश मर्दै गएपछि उखुबालीको विकल्प खोज्नैपर्ने भएको किसान बताउँछन्। करिब एकदशक पहिलेसम्म जिल्लामा १४÷१५ हजार हेक्टरसम्म उखुबाली लगाइने गरिएको थियो।

पछिल्ला वर्षमा उखुको मूल्य निर्धारण,कटान चलान र भुक्तानीको झमेला व्यहोर्न‘परपछि अब उखुखेती स्वात्तै घटेको छ । जिल्लामा यसपाली त उखु सात हजार हेक्टरभन्दा तलै रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरशसिंह कुशवाहा बताउँछन् । जिल्लामा अहिले कटान हुनपर्ने खुट्टी उखु चार हजार हेक्टरको हाराहारीमा रहेको संघले जनाएको छ । किसान पिरोलिए पनि मङ्सिर मध्य भइसक्दासम्म जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) को मुख्यद्वार (मिलगेट) मा भोटेताल्चा नखुलेको किसान बताउँछन्। उद्योग प्रशासनको उखु कटानबार केही चालचुल नदेखेपछि किसान उखु पेलेर सख्खर बनाउने धुनमा लागेका छन् । उद्योगको उदासीनता बुझेका कति किसानले कात्तिक तेस्रो सातादेखि नै उखु पेलेर सख्खर बनाउन थालेका थिए । उखु उद्योगलाई बुझाउन पाउँदा तत्काल यो काम सकेर अन्य काममा लाग्ने अनुकूलता हुने, सख्खर बनाउने प्रयोजनका लागि तुर्पिन (उखु पेल्ने यान्त्रिक उपकरण) खोज्ने झण्झट नहुने भएकाले किसानको चाहना उद्योगलाई नै उखु दिउँ भन्ने हुने जिल्लाकै गौशाला–१० लक्ष्मीनियाँका किसान गोविन्द महतो बताउँछन्।

तर यसबारे उद्योगको उदासीनताले बाध्य भएर किसान अब भएको उखु घरमै पेल्ने र उखुखेती छाड्दै अन्य विकल्प खोज्न थालेका महतोको भनाइ छ । विगतमा मङ्सिर दोस्रो साताभित्रै मिल सञ्चालन हुँदा खुट्टी उखु कटान गररे नयाँ बाली लगाउने समय पाइने गरको भए पनि पछिल्ला पाँच÷छ वर्षयता यो तालिका खल्बलिएको किसान बताउँछन्। गहुँ र वैशाखी तरकारी बाली लगाउन नपाउँदा जग्गा आउने वैशाख अन्त्यसम्म बाँझो बसेर घर गुजारामै समस्या पर्ने गरकोे भङ्गाहा ४ का किसान लाली महतोले बताए । उर्बर जग्गा पाँच महिना बाँझो रहे जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्ने गरको आम उखु किसानको एउटै चिन्ता छ । उखु ठीक समय (मङ्सिर चौथो साताको प्रारम्भ) मा क्रसिङ नखुल्दा पछि हुरीबतास चल्न थालेपछि मिल (उद्योग) बन्द हुँदा खेतमै उखुमा आगो लगाउनुपरको े विगत किसान सम्झन्छन्। गत वर्ष वैशाखमै उद्योग बन्द हुँदा उखुबाली खेतमै सुकेर पछि डढेलो लगाउनुपरको किसान बताउँछन् । यता चिनी उद्योग सञ्चालक पनि बर्सेनी उखुको मूल्य निर्धारणमा किसान र उद्योग मन्त्रालयको चेपुवामा पर्ने गरको े बताउँछन्। उद्योगको उत्पादित चिनीको बजारबार कसैले चिन्ता नगरिदिँदा आपूmहरू आर्थिकरुपमा धराशायी बन्ने अवस्था भएको उद्योग सञ्चालकको गुनासो छ ।


सरकारले विदेशी चिनी आयात नरोक्दा आफ्नो उत्पादन गोदाममा थन्किएर रहने गरको एभरष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज रामनगर (महोत्तरी) का कार्यकारी सञ्चालक सरेशकुमार सर्राफ बताउँछन् । उद्योग सञ्चालनमा लागेको पूँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेतीमा लागत र उत्पादनसमेतको वैज्ञानिक लेखाजोखा गररे सरकारले उखुको मूल्य तोक्नुपर्ने सर्राफको भनाइ छ । अब विगत वर्ष जस्तो मूल्य दिनसक्ने अवस्थामा उद्योग नरहेको उद्योगी बताउँछन्।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
आर्थिक

वैदेशिक रोजगारीको प्रलोभनमा १० महिना ७६ करोडको ठगी

जेष्ठ ७, २०८०, १२:१० PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर