
टुडे एक्सप्रेस । जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ८ कुशुम बिछौनाका गुनोगौरी देवी साह विस्थापित भएकी छिन् । मंसिर ८ गते उनको घरमा गाउँकै व्यक्तिले लुटपाट एवं कुटपीट गरे । तर प्रहरीलाई लुटपाट गर्ने व्यक्तिको नाम भनेपछि विभिन्न व्यक्तिले ज्यान मार्ने धम्की दिन थालेपछि उनी विस्थापित भएकी हुन् । ‘डकैती गाउँकै केही मान्छेले गरका छन् । मान्छे चिनिसकेपछि प्रहरीमा उजुरी गर्न गएपछि विभिन्न धाकधम्की दिइरहेको छ,’उनले घटनाबार सुनाउँदै भनिन्, ‘घटनाकै दिन गाउँलेलाई राति सुनाउँदा उनका आफ्न्तले समेत कुटपीट गरे।’ गाउँमा आफ्नो ज्यान सुरक्षित नभएपछि आँफू बसाईं सरको उनको भनाइ छ ।
आरोपितहरूले घटनाको भोलिपल्ट पनि निर्घात कुटपिट गरको उनले बताइन्। प्रहरीको सहयोगमा त्यती बेला आफूले ज्यान सुरक्षीत गरको भन्दै त्यही प्रहरी अहिले आर्थिक प्रलोभनमा परी न्याय र सुरक्षा दिन आनाकानी गरिरहेको उनले बताइन्। स्थानीय जनप्रतिनिधिको सहयोगमा साहको घरमा लुटपाट गर्नेहरूले घटना गाउँमा मिलाउन विभिन्न दबाब दिइहरको साहको भनाइ छ । लुटपाट गर्नेहरू र स्थानीय जनप्रतिनिधिहरूबीच पार्टीगत साइनो छ । कार्यकर्तालाई संरक्षण प्रदान गरिरहेका छन्। प्रहरी आर्थिक प्रलोभनमा पररे निवेदन दर्ता गर्न र लुटपाट गर्नेलाई पक्राउ गर्न मान्दैन ।
लुटेरा समूहले टाउकोमा पेस्तोल राखेर चोरी गरकोे उनको आठ वर्षे छोरा आनन्द साहले बताए । ‘हामीलाई चोरले न करा नत्र गोली हान्दिन्छु भनेर टाउकोमा नै पेस्तोल राखेको थियो,’ उनले भने,‘चोरी भइसकेपछि गाउँलेलाई घटना बार सुनाउँदा लुटेराका मानिसहरूले त्यती बेलादेखि नै हप्काइरहेका छन्।’ हात हतियारसहित आएका लुटेरा समूहले लुटपाट गरेको उनले दुखेसो पोखेकी छिन्। उनका अनुसार घरबाट नगद एक लाख ३५ हजार, ८÷८ आनाको सुनको मंगलसुत्र, झुमका, एक आनाकोतिलहरी, ५० तोला चाँदीको हसुली,र १० तोलाको पायल लुटेराले लगेका छन् । यता, इलाका प्रहरी कार्यालय ढलकेवरका प्रहरी निरीक्षक तीर्थराज न्यौपनोले घटना बार अनुसन्धान भइरहेको जानकारी दिए । घटनाको दिन प्रहरीको टोली पुग्दा केही प्रमाण भेटिएपनि उजुरी दार्ता नभएको बताए । घटनामा दुबै पक्षले मुद्दा दार्ता गराउन खोज्दा समय लागेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !!