काठमाण्डौ । मंसिर १५ गते । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी (इन्टर्न) डाक्टर र व्यवस्थापनबीच आज ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आन्दोलनरत डाक्टरहरु ड्युटीमा फर्किएका छन् ।
इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार प्रशिक्षार्थीहरूले सरकारको आठौं तहसरह ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति जुटेकाले आन्दोलन रोकिएको हो । प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको जैसीले बताउनुभयो । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!