
टुडे एक्सप्रेस । जनकपुरधाम । रंगभुमी मैदान बाह्र विघामा जारी जनकपुरधाम टि–२० प्रतियोगिता घरलु टिम जनकपुरधाम र जलेश्वर विजय भएका छन् । आइतबार भएको दुई छुटा–छुट्टै खेलमा जनकपुर क्रिकेट एमेडमी र जलेश्वर क्रिकेट टिम विजय भएको हो । आइतबार भएको पहिलो खेलमा राम गोपालपुर राइनोसलाई ४ विकेटले हराउँदै जलेश्वर क्रिकेट टिम विजय भएको छ । टस जितेर पहिला ब्याटिङ् रोजेको राम गोपलपुरले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८२ रन बनाए ।
सुरुवातदेखि नै कमजोर ब्याटिङ गरकोे राम गोपालपुरका तर्फबाट अभिषेक यादवले २७ बलमा १६ रन,अकाश पाण्डेले २२ बलमा १६ रन र दिपु कर्णले १७ बलमा १२ रन बनाए । राम गोपालपुरका लागि अन्य ब्याट्स म्याले दोहरो अंकमा रन बनाउन सकेनन् । जलेश्वरको तर्फबाट बलिङ गर्दै अभिषेक तिवारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट, अरुण ठाकुरले ४ ओभरमा ८ रन खेर्चर २ विकेट,विवेक कोइराला ३ ओभरमा १३ रन खर्चेर २ विकेट र विनेश सहनीले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेका जलेश्वरले १२ ओधर ५ बलमै ६ विकेट गुमाएर लक्ष्य प्राप्त गरे । जलेश्वरका तर्फबाट ब्याटिङ गर्दै हररोम झाले २० बलमा १९ रन,अरुण मण्डलले सार्वधिक २८ बलमा ३६ रन नट आउट बनाए । यो खेलको क्यान अझ द म्याच जलेश्वरका अभिषेक तिवारी भए ।
यस्तै, शनिबार भएको दोस्रो खेलमा गौरीपुर क्रिकेट एकेडमीलाई ६ विकेट हराउँदै घरलु टिम जनकपुरधाम विजय भएको छ । टस जितेर पहिला ब्याटिङ गरको गौरीपुरले १९ ओभर खेल्दै १ सय २ रनमा समेटिए । गौरीपुरको तर्फबाट ब्याटिङ गर्दै अमित कुशवाहले ५१ बलमा ३६ रन र पञ्कज दासले २० बलमा २५ रन बनाए । कमजोर ब्याटिङ प्रदृशन गरेका गौरीपुरका अन्य ब्याटस् म्यानले दोहरो अंकमा रन बनाउन सकेनन् । जनकपुरधामको तर्फबाट बलिङ गर्दै टिकका कप्तानसमेत रहेका हरि शंकर साहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
सुजित मण्डलले तीन ओभरमा १६ रन खर्चेर ३ विकेट, विकि झाले २ ओभरमा १३ रन खर्चेर २ विकेट र रामरुप यादवले ४ ओभरमा ९ रन खर्चेर एक विकेट लिए । एक सय तीन रनको लक्ष्य पाएका जनकपुरधामले जवाफी ब्याटिङ गर्दै १७ ओभरमा ४ विकेट गुमाएर लक्ष्य हासिल गरे । जनकपुरधामको तर्फबाट ब्याटिङ गर्दै सार्वधिक सोभाकान्त पाण्डेले २९ बलमा २९ रन, हरि शंकर साहले २५ बलमा २८ रन र रणजित यादवले २१ बलमा १३ रन बनाए । खेलको म्यान अफ द म्याच हरिशंकर साह घोषित भए । गौरीपुरको तर्फबाट बलिङ गर्दै अमित कुशवाहाले २ ओभरमा १० रन खर्चेर २ विकेट, संतोष र संजयले समान १÷१ विकेट लिएका छन् ।
तपाईको प्रतिक्रिया !!