
टुडे एक्सप्रेस । जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा कर्मचारीले मनोमानी गरेको नगरकी उपाध्यक्ष मिरादेवी सहनीले आरोप लगाएकी छन्। चालु आर्थिक वर्षमा भइरहेको काममा आफूँलाई बीना जानकारी प्रमूख प्रशासकिय अधिकृत किर्ते गरी काम गरी रहेको उनको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार यादव, लेखा अधिकृत अरबिन्द दास र अर्का कर्मचारी दिपक काफ्लेले मनोमानी ढङ् गले धमाधम कमिसन लिएर आँफूलाई बीना जानकारी विभिन्न संस्थालाई टेण्डर, योजना दिइरहेको उनको भनाई छ ।
‘विभिन्न टेण्डर र योजनामा किर्ते कागजात जुटाएर आफ्नै आसेपासे संस्था र व्यक्तिलाई योजना दिएको छ,’ उनले भनिन्, ‘छठमा म ब्रत बसेको बेला मल आपुर्तिको टेण्डर आँफू खुशी मलाई जानकारी नै नदिई कुनै संस्थालाई दिएको छ ।’ कानुन अनुसार कार्यपालिका सदस्यको बोर्ड बैठकले निर्णय गरी दिनुपर्ने योजना उनीहरूले आँफू खुशी गरिरहेको उनले गुनासो गरिन्।
गँहुको बीउमा पनि कर्मचारीले मनोमानी गरी वडा कार्यालयलाई जिम्मा दिएको भन्दै वडाध्यक्षहरूले आफ्नो कार्यकर्तालाई मात्र वितरण गरको उनले आरोप लगाईन् । ‘जनताले मलाई गुनासो गरे। हामीलाई वडा कार्यालयले गँहुको बीउ दिएनन्,’ उनले भनिन्, ‘अनी गाउँमा अनुगमन गर्दा दुई थरीको गँहु वितरण भएको पाए । सबै किसानलाई समान रुपमा वितरण हुनु पर्ने बीउ मुख हेरी हेरी वितरण गरछन् । त्यसमा पनि जुन नामको बीउ बाँडनु पर्ने त्यो देखिएनन् ।’
तपाईको प्रतिक्रिया !!