
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा आज थप १२ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा हालसम्म सङ्क्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
यससँगै देशभरी सक्रिय सङ्क्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी गराउनुभयो । उहाँका अनुसार गत २४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८ सय ३६ परीक्षण गरिएका छन् ।
त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ । यसैविच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र थप ५ सय ४८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जना कोरोना सङक्रमित थपिएका छन् ।
तपाईको प्रतिक्रिया !!