
धिकारी महन्थ कहलाउने रोशन दासले जानकी नवमीमा केक चढाएपछि व्यापक टिकाटिप्पणी भयो ।
पछि दासले भक्तले केक चढाएको र आफु प्रसादको रुपमा बाँडेको स्वीकारका थिए । तर गौ संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष अध्यक्ष जगदिश महासेठले जानकी नवमीमा केक काटेर हिन्दु धर्ममाथि आघात पुर्याएको भन्दै महन्थ दासलाई कारबाही गर्न माग गरेका छन्। उनी पटक पटक विभिन्न निकायमा पुगेपछि कारवाही नभएको भन्दै अब भगवान राम दुत हनुमानलाई ज्ञापन– पत्र बुझाउन थालेको बताए । उनले शनिवार पत्रकार सम्मेलन गर्दै भने, ‘कारवाही गर्ने निकायमा चलखेल भयो। तर भगवानसँग त कसैले चलखेल गर्न सक्दैन ।
त्यसैले हनुमान जीलाई ज्ञापन–पत्र बुझाएका छौं ।’ उनले भगवानमाथि अझै धेरको आस्था रहेकाले हनुमान जी नै कारवाही गर्ने बताए । उनले गल्ती गरेकाले कम्तिमा महन्थ दास सार्वजनिक रुपमा गल्ती स्वीकार्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !!