
टुडे एक्सप्रेस दैनिक । जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्याका अभियुक्त अरुण साहमाथि चारवटा अभियोगसहित किटानी जाहेरी दरखास्त दर्ता भएको छ । पक्राउ परिसकेका अभियुक्त साहमाथि ईलाका प्रहरी कार्यालय बर्दिवासमा शुक्रवार पीडित परिवारले चारवटा अभियोग लगाउँदै जाहेरी दिएका हुन्। साहविरुद्ध अपहरण, शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन जाहेरी दर्ता गरिएको डिएसपी राजन चपागाईंले बताए । अभियुक्त साहविरुद्ध जाहेरी दर्ता भएपछि पीडित परिवारले बालिका खातुनको शव शुक्रवार राति बुझेका थिए । राति नै जनकपुरमा उनको अन्तयेष्ठी ९सुपुर्द ए खाक० गरियो। बालिकाको अन्तिम संस्कार भएपछि बर्दिबास अहिले शान्त बनेको छ । राजमार्ग रबजार समेत शुक्रवारदेखि नै खुलिसकेको छ ।
यसअघि प्रशासनले गरेको चार बुँदे सम्झौता गरपनि अभियुक्तमाथि कुन कुन मुद्दा चलाउने कुरा स्पष्ट नपारका कारण पीडित परिवारको चित्त बुझेको थिएन । तर अभियुक्तमाथि चार मुद्दामा जाहेरी दर्ता भएपछि पीडित परिवारले शव बुझेको स्थानीयले बताएका छन्। गत सोमवार मध्यरातमा बालिका खातुनको शव बर्दिवास नपा १४ स्थित झाडीमा बोरामा प्याक गरी फालिएको अवस्थामा फेला परकोे थियो । घटनापछि मंगलवार बर्दिवासमा पीडित परिवार तथा स्थानीयले उग्र प्रदर्शन गरे। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जय न्यौपानेको मृत्यु भयो। गोली लागेर घाईते भएका अन्य दुई जना अहिले उपचार गराइरहेका छन् । प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई शहिद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने, दुवै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने, अभियुक्तलाई कडा कारबाही गर्ने र घाइतेको निःशुल्क उपचार सरकारले गर्ने सम्झौता सर्वदलीय बैठकबाट गरको थियो ।
गृह मन्त्रालयले समेत माग पूरा गर्ने प्रक्रिया शुरु गरिसकेको विज्ञप्तीमार्फत् जनाएको छ । बालिका खातुनको हत्या अभियोग लागेका अभियुक्त साह गौशलाका हुन् । तर उनी पछिल्लो समय बर्दिवासमा घर बनाएर बस्दै आएका थिए । आफ्नै घरमा किराना पसल चलाउँदै आएका थिए– जुन घरमा प्रदर्शनकारीले आगो लगाएर क्षती पु¥याएका छन् । साहमाथि गत बैशाख २८ मा आफ्नै साथी दिलीप ठाकुरको हत्या गरको े आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । हत्याका अभियुक्त साह अदालतबाट मात्र १ लाख धरौटीमा छुटेका थिए । थुनामुक्त भएको केहि दिनमै साहले पुन बालिका खातुनको हत्या गरको अभियोगमा पक्राउ परका छन् । अहिले उनी प्रहरी हिरासतमा छन् ।
तपाईको प्रतिक्रिया !!