टुडे एक्सप्रेस । जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ७ मा विश्व रत्न बाबा साहेव डा.अम्बेडकर पुस्तकालय संचालनमा आएको छ । पुस्तकालय र सभाकक्षको शुक्रवार एक समारोहबीच मेयर लालकिशोर साहले समुद्घाटन गरका हुन्। जनकपुर ध ा म उपमहानगरपालिकाको सहयोग र राष्ट्रिय तत्मा समाज नेपालका केन्द्रीय अध्यक्ष राम अशीष दासको अध्यक्षतामा सभाकक्षको निर्माण भएको छ ।
समुद्घाटन समारोहमा बोल्दै मेयर साहले डाक्टर अम्बेडकरको सिद्धान्तमा अगाडी बढे समाजको विकास हुनुको साथै सोचमा समेत परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो समाजमा काम नगर्ने तर अरुले गरेको काममा अवरोध सृजना गर्ने प्रबृति देखिएको छ । यस्तो प्रबृति अन्त्य गर्न डा.अम्बेडकरको सिद्धान्तमा अगाडी बढ्नुपर्छ । अनी मात्र हाम्रो सामाज विकासोन्मुखतीर जानेछ ।’
मेयर साहले पुस्तकालयको संरक्षण तथा सम्बद्र्धनमा सबैको महत्वपूर्ण भूमिका रहेको बताए । सबैले मिलेर सांस्कृतीक तथा समाजजिक सम्पदालाई संरक्षण गर्नुपर्ने आवश्यता समेत रहेको उनको भनाई थियो। राष्ट्रिय तत्मा समाज नेपालका अध्यक्ष दासको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा नागरिक समाज र पत्रकारहरूको समेत सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया !!