टुडे एक्सप्रेस । राजविराज । फौजदारी अभियोगमा कसैलाई माफी दिनै हुँदैन् । दिइएको छ भने त्यो अपराध हो । महिलामाथि यौनजन्य हिंसा गर्ने व्यत्तिलाई कसैले उन्मुक्ती वा माफी दिने गरी अपराध दबाउन,लुकाउन वा मिलापत्र गराउन समेत कानूनले बन्देज लगाएको छ । महिलामाथि यौनजन्य हिंसा गर्ने मानिसले माफी मागेर सुध्रिन्छु र आइन्दा अपराध गर्दिन भन्दैमा पहिलो अपराधबाट उम्किन पाउँदैन । भर्खर महोत्तरीको बर्दिवासमा एक बालिकाको हत्या भएको छ ।
उनको हत्या अभियोगमा गौशाला नगरपालिका ५ का अरुण साहलाई प्रहरीले पक्राउ गरको छ । अरुण साह त्यही व्यक्ति हुन, जसलाई ८ महिना अघि गाउँमै दिलीप ठाकुरको हत्याको अभियोग लागेको थियो । उक्त हत्याकाण्डमा एक लाख धरौटीमै छुटेका उनले बर्दिवासमा गत मंसिर ७ गते ६ बर्षीया बालिका गुलाब खातुनको हत्या गरको प्रहरीको भनाइ छ । अरुण झैं सप्तरीमा पनि एक व्यक्ति फेला परका छन् । बालिकासँग यौन दुव्र्यबहार गर्ने उनलाई यसअघि ६ सय जरिवाना गरी सामाजिक छलफलबाट उन्मुक्ती दिइयो। तर ती व्यक्ति सुध्रेनन्। अपितु पुन अर्को यौन दुव्र्यवहारको घटना दोहो¥याए ।
सप्तरीको तेरहौता गाउँपालिका ५ लोहजारामा एक बृद्धले बिहीबार ७ बर्षीया बालिकासँग बलात्कारको प्रयास गरका छन् । तत्कालै बालिका चिच्याएपछि बालिकालाई गाउँलेले जोगाउन सफल भए । वडा अध्यक्ष रमानन्द चौधरीका अनुसार स्थानीय ७५ बर्षीय लक्ष्मी महतोले बालिकालाई घरमा बोलाएर दुध भात खान दिई उनको कपडा खोलेका थिए । कपडा खोलेपछि बालिका चिच्याउन थाल्दा स्थानीयहरू गएर बालिकाको उद्धार गरको चौधरीले बताए । वडा अध्यक्ष चौधरीका अनुसार महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यौन दुव्र्यबहार गरका थिए ।
त्यस बेला गाउँले मिलेर उनलाई ६ सय नगद जरिवाना तिराएर छाडिदिएका थिए । चौधरीले भने, ‘तर उनी सुध्रिएनन्,पुनः त्यस्तै घट्ना दोहो¥याए ।’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरश सिंहले बालिकासँग बलात्कारको प्रयास गर्ने महतोलाई नियन्त्रणमा लिइसकिएको बताए । पक्राउ परका महतो बिरुद्व बाल यौन बिज्याईं (दुव्र्यबहार ) कसूरमा मुद्दा दायर गरिने उनले बताए ।
तपाईको प्रतिक्रिया !!