
काठमाण्डौ । पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको जम्मा संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, ललितपुरमा १ सय ६० र भक्तपुरमा ६३ जना सङ्क्रमित थपिएका छन् ।
पछिलो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!