
टुडे एक्सप्रेस । जनकपुरधाम । मंसिर १२ गते । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा एक समूहको आक्रमणबाट बुधवार साँझ चार जना घाईते भएका छन्। घाईते दुई जनाको अवस्था गम्भीर रहेकाले अस्पताल भर्ना भएका हुन्। आक्रमणमा परी जय माँ काली कन्ट्रक्सनका कर्मचारी धर्मेद्र महतो, शम्भु श्रेष्ठ, राजदेव चौधरी र उनका छोरा शुशिल चौधरी घाईते भएका छन्। घाईतेमध्ये धमेन्द्र सिटी अस्पताल जनकपुर र राजदेव प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन्। उनीहरू टाउँकोमा गम्भीर चोट लागेको छ ।
महेन्द्रनगरमा कर असुल्न राखेको ढाँटमा काम गर्ने बसन्त यादवको समुहले आक्रमण गरी चार जनालाई घाइते बनाउनुका साथै पसल र जय माँ काली कन्ट्रक्सनमा लुटपाट समेत गरको पीडित पक्षको आरोप छ । घटना घटेको स्थानभन्दा मात्र करिब २ सय मिटरको दुरीमा प्रहरी कार्यालय छ । तर प्रहरी समयमा जपुगेको पीडितहरूको गुनासो छ । पीडित पक्षले बिहिवार गरको पत्रकार सम्मेनलमा घाइते शुशिलका भाई अनिलले भने, ‘बसन्तले मलाई फोन गररे पसल लुट्न आउँदैछु भनेको केहि बेरमै उनीसहित ६०÷७० जना आए । पसल र कन्ट्रक्सन अफिसमा बसेका सबैलाई कुटपिट गर्दै ७ लाखभन्दा बढी रुपैया समेत लुटेर लग्यो।’ मंगलवार राति बसन्तले सुशिललाई ढाँट रहेकै ठाउँमा घेरका थिए । ‘बसन्तले जर्वजस्ती भाई सुशिललाई वियर खान भन्यो।
तर नखाएपछि उल्टै हातपात गर्यो र प्रहरीलाई फोन गररे पक्राउ पनि गर्न लगायो’, अनिलले भने, ‘भाई सुशिल विहान छुटेर घर आएपछि थाहा पाए । तर २४ घण्टा नवित्दै पसल र कन्ट्रक्सनमा गुण्डाशैलीमा आक्रमण गर्यो।’ ‘सखुवा भैंसी बजारको ठेक्का यसवर्ष आफुहरूले पाएका छौं’, अनिलले भने, ‘सोही कारण लामो समयदेखि ठेक्का पाउँदै आएका बसन्त समुहका व्यक्तिहरू आफुहरूको पछाडी लागेका छन्।’ यहाँका मेयरले समेत उनीहरूलाई सघाएको उनको आरोप छ । उनले घटनामा संलग्न बसन्त,सनोज यादव, सितेश झा, रामपुकार यादव, प्रदीप यादव लगायतका व्यक्तिहरूमाथि प्रहरीमा मुद्दा हाल्ने तयारीमा लागेको समेत जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!