टुडे एक्सप्रेस । जनकपुरधाम । मंसिर १२ थते । महोत्तरीको बर्दिवासमा ६ बर्षीया बालिकाको हत्या गर्ने अरुण साहलाई यसअघिको हत्याकाण्डबाट उन्मुक्ति दिलाउन उनको परिवारले २ कट्ठा जग्गा नै बेचेको खुलेको छ । गत बैशाख २८ गते आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेका अरुणलाई रकमको प्रयोग गरी उनको परिवारले रिहा गराएका थिए । त्यस बेला हत्याको आरोपमा पक्राउ परी कर्तव्य ज्यान मुद्दा खेपिरहेका साहलाई तीन साताअघि महोत्तरी जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
त्यस बेला उनलाई रिहा गराउन दुई कठ्ठा जग्गा बेच्नुपरको उनका माइलो दाजु अशोकले सु्नाए । ‘अरुणकै फाँटबाट २ कठ्ठा जग्गा बेचेर उनलाई रिहा गराइएको थियो,’उनले भने, ‘रिहा भएपछि उनी सुध्रिन्छन् भन्ने सबैलाई विश्वास थियो । तर, उनलाई रिहा गराउनु नै ठूलो गल्ती देखियो ।’ ‘त्यस बेला नै जेलमा छोडिदिएको भए हुन्थ्यो’ उनले भने, ‘त्यहीं मनोबलका कारण उनले बर्दिवासमा कलिलो बच्चीको हत्या गरका छन् ।’ एक जनाको हत्या गरेपछि सजिलै उन्मुक्ति पाएका अरुणले ७ मंसिरमा बर्दिवासमा ६ बर्षीया बालिकाको पनि हत्या गरका छन् । उनले बालिकाको हत्या गरको स्वीकारेका छन्।
आठ महिनाकै अवधिमा दुई जनाको हत्या गर्ने अरुण ५ बर्षअघि मलेसिया बसेर फर्केका हुन् । उनी बैशाखको पहिलो साता लकडाउनकैबीच घर आएको उनका दाजु अशोकले बताए । उनका दाजु अशोकले उनलाई जस्तोसुकै सजाय दिएपनि कमै हुने बताए । ‘अरुणले गरको े गल्ती हामी सबैले भोगिरहेका छौं,’ उनले भने, ‘त्रासका कारण जेठो दाजु र उनको परिवार, आमा बुवासहित आफूले पनि श्रीमती र बच्चालाई बाहिर पठाउन बाध्य भएको छु ।’
तपाईको प्रतिक्रिया !!