
काठमाण्डौ । मंसिर ११ गते । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको परीक्षण हुँदा १ हजार ६ सय १४ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ३७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ ।
त्यस्तै बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।
तपाईको प्रतिक्रिया !!