
टुडे एक्सप्रेस सामाचारदात्ता । जनकपुरधाम । मंसिर ११ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षधरले जनकपुरधाममा बुधवार मोटरसाइकल ¥याली निकालेको छ । राजसंस्था समर्थकहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न‘पर्ने भन्दै बुधबार ¥याली निकालेको हो । नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गरेका हुन् । ०४७ सालको संविधान लागु गर्न‘पर्ने मागसहित रेल्वे स्टेशनबाट भानु चोक,मुरली चोक, रामानन्द चोक हुँदै मुख्यमन्त्री कार्यालयको परिक्रमा गरी कोण सभामा परिणत भएका थिए ।
पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न‘पर्ने,२०४७ सालको संविधान लागु गर्न‘पर्ने, राजतन्त्र पुनर्वहाली गर्न‘पर्ने, भ्रष्टाचार अन्त्य गर्न‘पर्ने, हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रण गर्न‘पर्ने लगायतका माग राखेर ¥याली निकालेको नेपाल राष्ट्रवादी समूह धनुषाले जानकारी दिएका छन् । देशमा अब राजाको विकल्प नरहेको उनीहरूको भनाई छ । देशमा अहिले हत्या, हिंसा,बलात्कार जस्ता घटनाहरू दिन प्रतिदिन मौलाउँदै गएकोले देशलाई अहिले राजाकै आवश्यकता रहेको औल्याए ।
तपाईको प्रतिक्रिया !!