टुडे एक्सप्रेस सामाचारदात्ता । जनकपुरधाम । मंसिर ११ गते । जानकी मेडिकल कलेजले गरको श्रम शोषणविरुद्ध दुई कर्मचारी आमरण अनसन बसेको बुधवार २५ दिन वित्यो । कर्मचारीद्वय कुलदीप साह र जानकी शरण यादवले कात्तिक १६ मा कलेज परिसरमै अनसन शुरु गरका थिए । आमरन अनशन बसेका दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ । तर कलेज प्रशासनले माग पूरा गर्न तयार भएको छैन । अनसनको ११ औं दिन कलेजबाट प्रहरीले दुवै जनालाई जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए ।
अहिले अस्पतालको सघन उपचार कक्षमा अनसतरत कर्मचारीहरूलाई राखिएको छ । उनीहरूले अस्पतालमा पनि अनसन जारी राखेका छन् । जानकी मेडिकल कलेजमा करिब ३ सय कर्मचारी छन् । जसमध्ये अधिकांशले लामो समयदेखि दशैं भत्ता, सञ्चय कोषको रकम र नियमित तलब पाएका छैनन् । चाडपर्वमा समेत तलब नपाउँदा कर्मचारीहरूले कलेजको प्रशासन फाँटमा तालाबन्दी गरका थिए । महिनौंसम्म रिले अनसन बसे । तरपनि कलेज प्रशासनले सुनुवाई गरने । बाध्य भएर कर्मचारीद्वय साह र यादव आमरण अनसनमा बसेको उनीहरूको भनाइ छ । कर्मचारी आन्दोलन संघर्ष समितिका संयोजक उमेश यादव भन्छन्, ‘पटक पटक आन्दोलन गर्दा कलेज व्यवस्थापन पक्षले सम्झौता गर्यो ।
तर सम्झौता कार्यान्वयन भएन् । बाध्य भएर दुई कर्मचारीले प्राणान्तक सत्याग्रह शुरु गरेका छन् ।’ उनले कलेज संचालक सबै कर्मचारीसँग श्रम शोषण र अन्याय गरकोे आरोप लगाए । ‘पसिना बगाएर गरेको काम बापतको पारिश्रमिकका लागि कर्मचारीहरू मर्न बाध्य भएका छन्’, उनले भने, ‘तर यसतर्फ सम्बन्धित निकायको ध्यान अझै पुगेका छैन । यो भन्दा ठूलो विडम्बना के हुन्छ ?’ अन्यायमा परका हामी कर्मचारीका लागि न संघ न प्रदेश सरकारले पहल गरको उनको गुनासो छ ।
आन्दोलन गर्दा बर्खास्त कलेजविरुद्ध आन्दोलन गर्दा पछिल्लो समय ५ कर्मचारीलाई बर्खास्त गरिएको छ । कर्मचारीहरू उमेश यादव, जय नारायण यादव, राज नारायण यादव, अञ्जु पटेल र कुलदीप साहलाई कलेज प्रशासनले बर्खास्त गरकोे हो ।
बर्खास्त गरिएका मध्ये उमेश कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष हुन् भने कुलदीप साह आमरण अनसनमा बसेका छन् । १४÷१५ वर्षमा कहिल्यै स्पष्टीकरण नसोधिएको तर आन्दोलन गर्दा एक महिनाभित्रै तीन पटक स्पष्टीटकरण सोधेर निलम्बन गरिएको छ । जायज माग राखेर आन्दोलन गरको कर्मचारीलाई बर्खास्त गर्दा पनि सम्बन्धित निकाय मौन छन् । माग पूरा गर्न तीन दिने अल्टिमेटम कर्मचारीको जायज माग पूरा गर्न स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ संगठनले २४ घण्टे अल्टिमेटम दिएका छन् ।
धनुषाका नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन,अखिल नेपाल स्वास्थ्यकर्मी संगठन र नेपाल स्वास्थ्यकर्मी फोरमले सम्बन्धित निकायलाई अल्टिमेटम दिएको हो । ती संघ संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन्,‘अनसनरत पक्षका मागसँग प्रत्यक्ष सम्बन्ध राख्ने सरोकारवाला निकायहरूले कुनै किसिमको ठोस पहल नगर्नु अत्यन्तै दुःखद कुरा हो । सरोकारवाला निकायलाई ७२ घण्टाभित्र वार्ता सम्वादमार्फत जायज मागहरू पूरा गर्न माग गर्दछौं ।’ माग पूरा गर्न सरोकारवाला निकाय तयार नभएको खण्डमा चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ । संघर्षबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिको जिम्मेवार स्वंम सरोकारवाला निकाय हुने विज्ञप्तीमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !!