
काठमाण्डौ । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ ।
आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार आय विवरण पेश नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको हो । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!