
टुडे एक्सप्रेस सामाचारदात्ता । जनकपुरधाम । मंसिर १० गते । लहान नगरपालिकाले सलहेश दिनाभद्री सपिङ्ग कम्पलेक्सको निर्माण सुरु गरकोे छ । मंगलवार एक समारोहबीच नगर प्रमुख मुनी साहले कम्पलेक्स भवनको शिलान्यास गरेका हुन् । लहान नगरपालिका १ स्थित रहेको तरकारी बजारमा कम्पलेक्सको भवन निर्माण हुन लागेको छ ।
शिलान्यास गर्दै नगर प्रमुख साहले भवन निर्माण पश्चात नगरपालिकाको आर्थिक स्थिति बलियो हुने विश्वास व्यक्त गरे । आफूहरू नगरपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाई थियो । ४ करोड ११ लाख ६ हजार ४६० रुपैयाँको लागतमा कम्पलेक्स भवन निर्माण हुन लागको छ । भवन २०७८ पौस ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी ठक्का नगरपालिकाले लगाएको छ । अहिले सञ्चालनमा रहेको भानुभक्त बाचनालय र नयाँ बजारस्थित तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको पनि नगर प्रमुख साहले जानकारी दिए ।
उनले भने, ‘यि सम्पूर्ण योजनाहरू नगर सौन्दर्यका साथै नगरपालिकालाई आर्थिक रुपले मदत पुग्नेछ ।’ शिलन्यास कार्यक्रममा नगर उपप्रमुख सरियार चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् । नगरपालिकाको योजना शाखा प्रमुख शत्रुधन प्रसाद चौधरीले योजनाबारे जानकारी गराएका थिए ।
लहान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लहान ९ का वडाध्यक्ष प्रदिप चौधरी लगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी लखनलाल साहले गरको थियो ।
तपाईको प्रतिक्रिया !!