
टुडे एक्सप्रेस सामाचारदात्ता । जनकपुरधाम । मंसिर १० गते । दक्ष कामदार (पथेरी) अभावमा प्रदेश २ का ईटा उद्योग अलपत्र परका छन् । लामो समयको बन्दाबन्दीले थलिएको ईटा उद्योग अहिले कामदार अभावमा बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरूले गुनसो गरका छन् । ईटा उत्पादन गर्ने सिजन शुरू भइसके पनि भारतीय मजदुर नेपाल आउने अवस्था नभएपछि प्रदेश २ का अधिकांश ईटा उद्योगले उत्पादनलाई सिमित पारिएको जनकपुर अञ्चल ईटा व्यवसायी संघका अध्यक्ष बिन्य यादवले बताएका छन्। ‘कामदार नपाएपछि व्यवसायीहरूले ऋण थेग्न नसकेर बन्द गर्ने सुरसारमा छन्,’ उनले भने, ‘कतिपय उद्योगमा कामदार भएपनि न्युन संख्यामा रहेकाले उत्पादन क्षमता घटाएको छ ।’
देशमा ईटा उद्योग आत्मनिर्भर रहेपनि त्यसमा काम गर्ने जनशक्तिको लागि भारतकै भर पर्नु परको े उनको भनाइ छ । भारतीय मजदुरमा निर्भर यहाँका ईटा उद्योग भारतबाट मजदुर आउने अवस्था नभएपछि सञ्चालन गर्न गाह्रो भएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश २ मा करिव ६ सय ईटा उद्योग छन्। ९० प्रतिशत भन्दा बढी उद्योगमा भारतीय मजदुर काम गर्छन्। प्रदेश २ को ४० प्रतिशत ईटा उद्योग कामदार अभावमै बन्द हुने स्थितिमा छन्। ६० प्रतिशत उद्योगले उत्पादन क्षमता घटाएका छन् । ईटा उद्योगले हिउँदको सिजनमा मात्रै ईटा बनाउने गर्दछन्।
इटा उद्योगमा दक्ष र अदक्ष दुबै किसिमका मजदुर भारतको विहार राज्यबाट आउने गर्छन्। इटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू स–परिवार आवासीय रुपमा उद्योगमा काम गर्न आउने गरको े अर्का व्यवसायी बृजू यादवले बताए । उनका अनुसार विगत वर्षमा भदौ अन्तिमदेखि असोज भित्रमा उनीहरू उद्योगमा आएर काम गर्ने र वैशाखमा घर फर्कने गर्दथे। तर, यो बर्ष भारतीय मजदुर उद्योगमा काम गर्न मंसिरसम्म पनि आएका छैनन्। इटा भट्टामा काम गर्ने मजदुर ल्याउन स्थानीय प्रशासनसँग माग गरपनि प्रशासनले े अनुमति नदिएको उनको गुनासो छ ।
ईटा उत्पादन रोकिंदा विकास निर्माणका काम प्रभावित हुने निर्माण व्यवसायीको भनाइ छ । कामदार अभावलाई पूर्ति गर्न रु ४ लाखमा माटो मुछ्ने मेसिन खरिद गरको उनले सुनाए । गत वर्ष उनको उद्योगमा ९० जना कामदार थिए । अहिले १७ जना मात्रै रहेको उनले बताए । कामदार अभावमा आवश्यकता अनुसार ईटा उत्पादन गर्न नसकेको उनले जानकारी गराए ।
तपाईको प्रतिक्रिया !!