
एजेन्सी । मुम्बइ । मंसिर १० गते । आइतबार बलिउड अभिनेता कार्तिक आर्यनको जन्मदिन थियो । आइतबारदेखि यी अभिनेता ३० वर्ष लागेका छन् । कार्तिकको जन्मदिनमा अभिनेत्री दीपिका पादुकोणले उनलाई दिएको शुभकामना सन्देश अहिले चर्चामा छ । टाइम्स अफ इन्डियाअनुसार जन्मदिनको शुभकामनासहित दीपिकाले कार्तिकसँग काम गर्ने चाहना व्यक्त गरकी छन् । इन्स्टाग्राम स्टोरीमा कार्तिकको फोटो राख्दै दीपिकाले भनेकी छन्, ‘ह्याप्पी बर्थडे। यही वर्ष हामीसँगै रमाइलो फिल्म खेल्न पाऔं ।’ दीपिकाको यो स्टोरीलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै कार्तिकले पनि प्रतिक्रिया जनाएका छन् ।
उनले लेखेका छन्, ’तपाईं मिति तयमात्र गर्न‘स् । रमाइलो फिल्म म ल्याउँदैछु ।’टाइम्स अफ इन्डियाका अनुसार, उनले यसअघि पनि कार्तिकले दीपिकासँगको सहकार्यमा फिल्म गर्ने इच्छा व्यक्त गरका थिए । दीपिकासँग खिचेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका थिए,’ कोही निर्देशकमा दम छ त ?’ कार्तिकले सन् २०११ मा लव रञ्जनद्वारा निर्देशित फिल्म ‘प्यारका पञ्चानामा’ मा अभिनयसँगै बलिउड प्रवेश गरका हुन् ।
यो फिल्मपछि उनले आधा दर्जन बढी अरु फिल्म खेले । जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘धमाका’बार पनि बताए । फिल्मलाई राम माध्भानी निर्देशन गर्दैछन्। त्यस्तै कार्तिकलाई अनिस बेच्मीको ‘भुलभुलैया–२’ र कोलिन दी सुन्हाको ‘दोस्ताना–२’ मा पनि देख्न सकिन्छ । यी दुवै फिल्मको पोस्ट–प्रोडक्सनको काम भइरहेको छ । दीपिका भने यही डिसम्बरमा आउने कबिर खानको फिल्म ‘८३’ मा पति रणवीर सिंहसँगै देखिनेछिन्।
तपाईको प्रतिक्रिया !!