
जनकपुरधाम । मंसिर १० गते । सिरहाका विद्यालयहरू खोल्ने विषयमा अझै यहाँका स्थानीय तहहरूले निर्णय लिन सकेको छैन । नेपाल सरकार शिक्षा मन्त्रालयले स्वास्थ्य सुक्षा मापदण्ड अपनाई, स्थानीय परीवेशको आधारमा विद्यालय सञ्चालन कार्यविधि बनाएको यहाँका पालीकाहरूले ठोस् निर्णय लिन नसक्दा विद्यालय सञ्चालन अलमलमा परकोे हो । कोभिड सङ्क्रमणको सम्भावना अझै बाँकी रहेकाले अव कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने विषयमा तत्काल छलफल गरी निर्णयमा पुग्ने मिर्चैया नगरपालीका नगर शिक्षा अधिकृत भरत बानियाँले बताए । उनले पर्व तिहारका कारण आवश्यक सवै कर्मचारीहरू कार्यालय उपस्थित नभएको हुँदा चाँडै सरोकारबालाहरू,कर्मचारी, जनप्रतिनीधिहरूसँग छलफल गरी आवश्यक निर्णय लिने शिक्षा अधिकृत बानियाले जनाए ।
उनले भने, ‘हामी चाँडै कर्मचारी, जनप्रतिनिधी, प्रधानाध्यापक अन्य सरोकारबालाहरूसँग छलफल गरी यही साता आवश्यक निर्णय लिन्छौं ।’ उनले भने विद्यालयमा उपस्थित गराएर पढाउने वा अन्य विकल्पहरूको बारमा पनि छलफल आवशयक रहेको बताए । कल्याणपुर नगरपालीकाका प्रमुख प्रसाशकिय अधिकृत जयप्रकाश दासले संघिय सरकाले पठाएको विद्यालय सञ्चालन कार्यविधि अध्ययन गरिरहेको बताए । ‘विचमा तीहार तथा छठका विदाहरू र अहिले नगरप्रमुख बाहिर गएकाले छलफल हुन सकेको छैन,’ प्रमुख प्रसाशकिय अधिकृत दासले भने, ‘कार्यवाहक नगरप्रमुख भोली नै आउँदै हुनुहुन्छ, आउने वित्तिकै सरसल्लाह गररे हामी निस्कर्षमा पुग्छौं ।’ सोही क्रममा प्रशासकिय प्रमुख दासले गत विहिवार नगर स्वास्थ्य शाखाका प्रमुख कोरोना संक्रमणकै कारण मृत्यु भएकाले कसरी जाने भन्नेमा हामी झन ससंकित भएको प्रमुख प्रशासकिय अधिकृत दासले सुनाए ।
उनले भने, ‘यहाँ कोभिटको सङ् क्रणको जोखिम देखिएको छ, तरपनि सवैको सुझावको आधारमा हामी निस्कर्षमा पुग्छौं ।’नगरहा गाउँ पालीकाका शिक्षा शाखा प्रमुख देवशंकर यादवले नगर प्रमुख, प्रमुख प्रसाशकिय अधिकृतसँग छलफल भईसकेको भन्दै बुधबार पालीकाका सवै विद्यालयका प्रधानाध्यापक, निजी विद्यालयका सञ्चालक तथा सरोकारबालाहरूको भेला बोलाइएको बताए । उनले सोही भेलाको छलफलबाट आएको निर्णयको आधारमा विद्यालय सञ्चालन कसरी गर्ने भन्ने निस्कर्षमा पुग्ने बताए । पछिल्लो केही दिनदेखी जिल्लाका प्रमुख बजारका नीजि विद्यालयहरूले कक्षा कोठामै बोलाएर पठन पाठन कार्य गरिरहेका छन्। उनीहरूलाई कुनै पनि पालीकाहरूले कक्षा कोठामा विद्यार्थी बोलाएर पढाउने अनुमती नदिएको बताएको छ ।
सामुदायीक विद्यालयहरूले भने बैकल्पिक शिक्षण विधि अपनाएको भनेपनि त्यो प्रभावकारी बन्न नसकेको छैन । शिक्षक अभाव, पढाउने ठाउँको अभावका कारण शिक्षक गाउँमै गएर पढाउने कार्यपनि प्रभावकारी हुन सकेको छैन । यस विषयमा निजी विद्यालयका संगठन तथा सञ्चालकहरू बोल्न चाहदैनन् । बोलीहालेपनि उनीहरूल स्वास्थ्य सुरक्षा विधि अपनाएर माथिल्ला कक्षाका उपलब्ध विद्यार्थीलाईमात्र बोलाएको बताउने गरको छ । कतिपय विद्यालयहरूले बसमै विद्यार्थी समेत ओसार्ने गरको बताइएको छ ।
तपाईको प्रतिक्रिया !!