काठमाण्डौ । मंसिर ९ गते । नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको दर ९१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमण पश्चात स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९१ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घन्टामा थप १७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १० हजार ८ सय ४३ पिसिआर परीक्षण गर्दा ७ सय २१ महिला र १ हजार ६९ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
यस्तै हाल नेपालभर ६ हजार ५ सय १८ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् भने ११ हजार ३ सय ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुने संख्या एक हजार ३ सय ६१ पुगेको छ ।
तपाईको प्रतिक्रिया !!