
जनकपुरधाम । मंसिर ९ गते । महोत्तरीको बर्दिवासमा भइरहेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते भएका छन् । आज दिउँसो प्रहरीले चलाएको रबरको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ ।
उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव गयराति फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । भिड नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस र रबरका गोली चलाएको छ ।
तपाईको प्रतिक्रिया !!