काठमाडौं : मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढदै गएको। पछिल्लो २४ घण्टामा ४ सय ७४ जनाको सघन कक्षमा राखी उपचार भइरहेको छ। आइसियुमा ३ सय ८७ र भेन्टिलेटरमा ८७ जना उपचारत भइरहेको छ।
आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ। गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार १ सय ६८ आइसियु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८ हजार ७ सय ४३ छन्।
लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा २ हजार २ सय ३७ जना छन्। आइसियुमा ७१ र भेन्टिलेटरमा १ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ३२, आइसियुमा ४९ र भेन्टिलेटरमा १२ संक्रमित छन्। गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय १६,आइसियुमा ६९ र भेन्टिलेटरमा ११ जना छन्। प्रदेश २ मा १४ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा ८ सय ९७ संक्रमित छन्।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ८५ पुगेको छ। आइसियुमा ११ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ३९ र आइसियुमा ५ जना संक्रमित उपचाररत छन्।
पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ संक्रमित थपिए भने कोरोनामुक्त हुनेहरूको संख्या ३५ सय ३७ छ। त्यस्तै, थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या १२ सय २ पुगेको छ।
तपाईको प्रतिक्रिया !!